SHARE
कालिका खबर · शनिबार ९ साउन २०८३ ०५:३१ AM · 1 मिनेट पढाइ

सिँचाइ कार्यालय प्रमुखसहित दुई जना घुससहित पक्राउ

काठमाडौँ : भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय सर्लाहीका डिभिजन प्रमुखसहित दुई जना कर्मचारी घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले डिभिजन प्रमुख सिडिई अनुपमा ढकाल र मेकानिकल अधिकृत छैटौँ तुलाकान्त चौधरीलाई सात लाख ५० हजार रुपियाँ घुस रकमसहित नियन्त्रणमा लिएको हो । अख्तियारका अनुसार बोरिङ तथा मोटर जडानको काम सम्पन्न भएपछि भुक्तानी गर्ने क्रममा सेवाग्राहीलाई दुःख हैरानी दिई घुस मागेको भन्ने सूचना तथा उजुरीका आधारमा टोली खटिएको थियो ।