SHARE
कालिका खबर · शनिबार ९ साउन २०८३ ०४:२६ AM · 1 मिनेट पढाइ

दिल्लीमा १८ वटा मेट्रो स्टेसन बन्द, मदिरा पसलहरू राति ८ बजेपछि बन्द

काठमाडौं । भारतमा आन्दोलनरत युवाहरुको संगठन कक्रोच जनता पार्टी (सिजेपी)का संस्थापक अभिजित दीपकेले मोदी सरकारले शिक्षामन्त्री धर्मेन्द्र प्रधानलाई बचाउन राजधानी नयाँ दिल्लीको जनजीवन कष्टकर बनाएको आरोप लगाएका छन् । उनले दिल्ली प्रहरीले जन्तर मन्तरलाई जेलमा परिणत गरेको टिप्पणी गरे । नीट परीक्षाको प्रश्नपत्र चुहावटको विरोधमा आन्दोलनरत सिजेपी र सरकारबीच तेस्रो चरणको वार्ता आज हुँदैछ । त्यसअघि सिजेपीका संस्थापक अभिजित दीपकेले सरकारले शिक्षामन्त्री प्रधानलाई बचाउन दिल्लीको जनजीवन कष्टकर बनाएको टिप्पणी गरेका हुन् ।