SHARE
कालिका खबर · शनिबार ९ साउन २०८३ ११:४५ AM · 1 मिनेट पढाइ

बालेन सरकार र रास्वपा लामो समय टिक्दैन : शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन्द्र साह (बालेन) नेतृत्वको सरकार र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दीर्घकालसम्म टिक्न नसक्ने बताएका छन् । उनले नाटकीय रूपमा उदाएका राजनीतिक शक्तिको पतन पनि त्यत्तिकै छिटो हुने बताएका हुन् । शनिबार काठमाडौंमा नरबहादुर कर्माचार्यको स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै पोखरेलले पपुलिजम, एनार्किजम (अराजकतावाद) र अपर्चुनिजम (अवसरवाद)का आधारमा बनेका राजनीतिक शक्ति दीर्घकालीन चुनौती बन्न नसक्ने बताए । उनले भने, “आज बालेन्द्र सरकार पपुलिजम, एनार्किजम र अपर्चुनिजमका कारण बन्यो, यो लामो समयको चुनौती हो भन्ने लाग्दैन ।