अफगानिस्तान भूकम्पमा मृत्यु हुनेको संख्या ८ सय १२ पुग्यो
एजेन्सी । पूर्वी अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या ८१२ पुगेको छ । २ हजार ८ सय १७ भन्दा बढी घाइते भएको अफगानिस्तानको अन्तरिम सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले सोमबार पत्रकार सम्मेलनमा बताए ।
