SHARE
लोक पथ · सोमबार १६ भौ २०८२ ११:०४ AM · 1 मिनेट पढाइ

सशस्त्र प्रहरी अस्पताल बलम्बुमा क्षयरोग उपचारको प्रारम्भ

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सशस्त्र प्रहरी बल (एपीएफ) अस्पताल, बलम्बुमा अत्याधुनिक क्षयरोग परीक्षण मेसिन हस्तान्तरण गरी क्षयरोगको उपचार सेवा शुभारम्भ गरेको छ । अस्पतालमा आयोजित एक कार्यक्रमकाबिच उक्त मेसिन हस्तान्तरण गर्दै स्वास्थ्यमन्त्री प्रदीप पौडेलले सेवाको शुभारम्भ गरेका हुन् ।