SHARE
लोक पथ · सोमबार १६ भौ २०८२ ११:४१ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री ओलीबाट शांघाइ शिखर सम्मेलनलाई सम्बोधन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज शांघाइ सहयोग संगठन (एससिओ) प्लस शिखर सम्मेलनलाई सम्बोधन गरेका छन् । उनले सम्बोधनका क्रममा मुलुकको हित, द्विपक्षीय र अन्तर्राष्ट्रिय विषयमा भनाइ  राखेका थिए । चीनको थियानजिनस्थित थियानजिन मेइजियान सम्मेलन केन्द्रमा आइतबारदेखि सुरु भएको सम्मेलनमा प्रधानमन्त्री ओलीसहित सहभागी मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखले सम्बोधन गरेका छन् ।