न्याय परिषद्को बैठक बस्दै, ६ जना जिल्ला न्यायाधीश सिफारिसको तयारी
काठमाडौं । ६ जना जिल्ला न्यायाधीश सिफारिसका लागि न्याय परिषद्को बैठक बस्न लागेको छ । रिक्त जिल्ला न्यायाधीशमध्ये ज्येष्ठताका आधारमा ६ जनालाई जिल्ला न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गर्न परिषद्को बैठक बस्न लागेको हो । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले सोमबार ५ बजेका लागि परिषद्को बैठक बोलाएका छन् ।
