SHARE
लोक पथ · सोमबार १६ भौ २०८२ १२:०९ PM · 1 मिनेट पढाइ

नेपाल र बंगलादेशबिच मैत्रीपूर्ण फुटबल खेल हुने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा नेपाली राष्ट्रिय फुटबल टोली र बंगलादेशको राष्ट्रिय पुरुष फुटबल टोलीबिच मैत्रीपूर्ण खेल हुने भएको छ ।  यही भदौ २१ र २४ गते हुने दुई मैत्रीपूर्ण फुटबल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने भएको हो । सोमबार आयोजित पत्रकार सम्मेलनमा एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिए ।