सप्तकोशीमा जलसतह बढ्दै, ३४ वटा ढोका खोलिए
काठमाडौं । सप्तकोशी नदीमा जलसतह बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता योगराज खतिवडाका अनुसार आज दिउँसो ४ः०० बजे गरिएको जल सतह मापनमा कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेण्ड दुई लाख ५६ हजार १० क्युसेक पुग्दा ३४ ढोका खोलिएका छन् ।
