गुडिरहेको मोटरसाइकलमा स्टन्ट गरेका रास्वपा सांसद बब्लु गुप्ताले तिरे जरिमाना
काठमाण्डु – गुडिरहेको मोटरसाइकलमा उभिएर स्टन्ट शैलीमा यात्रा गरेका सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद बब्लु गुप्ताले ट्राफिक उल्लंघनको आरोपमा जरिमाना तिरेको छ । सांसद गुप्ताले गुडिरहेको मोटरसाइकलमा उभिएर स्टन्ट शैलीमा यात्रा गरेको तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
