विद्यालय बन्द गराउँदैनौ तर विद्यालय शिक्षा विधेयक सच्चाउनु पर्छ : नेशनल प्याब्सन
आन्दोलनरत निजी विद्यालयका सञ्चालकहरूले आफूहरूले विद्यालय भने बन्द नगराउने स्पष्ट पारेका छन् । विद्यालय शिक्षा विधेयकमा पूर्ण छात्रवृत्ति, क्रमशः गैरनाफामूलक बनाउने लगायतका विभेदकारी नीति तत्काल हटाउन माग गर्दै आन्दोलन गर्दै आएका उनीहरूले विद्यालय भने बन्द गराउने पक्षमा नरहेको प्रस्ट्याएका हुन् ।
