SHARE
पर्दाफास · सोमबार १६ भौ २०८२ १२:३९ PM · 1 मिनेट पढाइ

भिजिट भिसामार्फत करिब ४० हजार नेपाली महिला कुवेतमा बेचिए, सरकारको जवाफ चाहियो : सांसद विष्ट

राष्ट्रिय सभा सदस्य नरबहादुर विष्टले भिजिट भिसामार्फत करिब ४० हजार नेपाली महिला कुवेतमा लगेर बेचिएको खबर आएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । सोमवारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले भिजिट भिसामार्फत कुवेत लगेर झन्डै ४० हजार महिला बेचिएकोप्रति सरकारको ध्यानाकर्षण गराएका हुन् ।