इरानमा अमेरिकी आक्रमण, ४ जनाको मृत्यु
तेहरान । इरानका विभिन्न क्षेत्रमा शुक्रबार बिहान अमेरिकाले गरेको आक्रमणमा कम्तीमा ४ जनाको मृत्यु भएको इरानी सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन् । इरानी सरकारी टेलिभिजन प्रेस टिभीका अनुसार पश्चिमी तटीय प्रान्त खुजेस्तानको अहभाज सहरमा अमेरिकाले गरेको भनिएको आक्रमणमा ४ जनाको मृत्यु भएको हाे । साे घटनामा केही व्यक्ति घाइते भएका छन् । घटनाबारे स्वतन्त्र रूपमा पुष्टि हुन भने बाँकी रहेको छ । साेही प्रान्तका अन्दिमेश्क र ओमिदियेह सहर नजिकका क्षेत्रहरूमा पनि क्षेप्यास्त्र प्रहार भएको सरकारी समाचार संस्था आईआरएनएले जनाएको छ ।
