SHARE
कालिका खबर · शुक्रबार​ ८ साउन २०८३ ०५:४३ AM · 1 मिनेट पढाइ

स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्ब ४८ करोड बढी दाबी भुक्तानी

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले आर्थिक वर्ष २०८२/८३ मा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई स्वास्थ्य बीमा दाबीबापत २५ अर्ब ४८ करोड ८७ लाख ८७ हजार ४७९ रुपैयाँ भुक्तानी गरेको जनाएको छ । बोर्डका अनुसार अघिल्लो आर्थिक वर्षका बाँकी दाबी तथा चालु आर्थिक वर्षको पुस मसान्तसम्म स्वीकृत भएका दाबी रकम चरणबद्ध रूपमा भुक्तानी गरिएको हो । बोर्डले यसअघि असोज, कात्तिक र मंसिरसम्म प्राप्त तथा स्वीकृत दाबीको रकम निकासा गरिसकेको थियो ।