प्रतिपक्षी दललाई सिटौलाको आग्रह- ‘कुलिङ पिरियडमा एमाले मान्यो, उमेरहदमा तपाईहरु मान्नुस्’
नेपाली काँग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले निजामती सेवामा अनिवार्य अवकाशको उमेर हद ५८ वर्षबाट ५९ बनाउने सरकारको प्रस्ताव मान्न प्रतिपक्षी दलहरूलाई आग्रह गरेका छन् । सोमवार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा भएको संघिय निजामती सेवा विधेयक सम्बन्धी छलफलमा उनले यस्तो आग्रह गरेका हुन् ।
