SHARE
पर्दाफास · सोमबार १६ भौ २०८२ ०१:३८ PM · 1 मिनेट पढाइ

मुलुकको समृद्धिका लागि भौतिक विकास मात्रै पर्याप्त हुँदैन : राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि भौतिक विकास मात्रै पर्याप्त नहुने बताएका छन् । सोमवार राष्ट्रिय कविता महोत्सव पुरस्कार समर्पण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले साहित्य, कला, संगीत, संस्कृति र प्राज्ञिक क्षेत्रको विकास पनि उत्तिकै अपरिहार्य रहेको बताए ।