नेपालले जित्यो आसामविरुद्धको टी-२० सिरिज
काठमाडौं । नेपालको ‘ए’ टिमले भारतको आसामविरुद्धको ५ खेलको टी२० सिरिज जितेको छ । आज भएको अन्तिम खेलमा नेपालले आसामलाई पराजित गरेको हो । नेपालले दिएको २ सय ८ रनको लक्ष्य पछ्याएको आसामले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १ सय ६४ रन मात्रै जोड्न सक्यो । यससँगै नपालले यो सिरिज ३–२ ले जित्यो ।
