SHARE
काठमाण्डुपाटी · बिहीबार ७ साउन २०८३ १२:२४ PM · 1 मिनेट पढाइ

प्रधानन्यायाधीश शर्मा भारत प्रस्थान

काठमाण्डु – प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा मित्रराष्ट्र भारत प्रस्थान गरेका छन् । उनका भारतीय समकक्षी सूर्य कान्तको मैत्रीपूर्ण निमन्त्रणामा बिहीबार त्यसतर्फ प्रस्थान गरेका सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए । भ्रमणका क्रममा प्रधानन्यायाधीश डा. शर्माले उनका भारतका प्रधानन्यायाधीश कान्तसँग द्विपक्षीय भेटवार्ताका साथै भारतको सर्वोच्च अदालतको अवलोकन भ्रमण गर्ने कार्यक्रम तय भएकोे छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी