राजेश हमालको चिन्ता : ‘हिट एन्ड मिस’ शैलीमा देश चलाउनु कत्तिको बुद्धिमानी ?
काठमाण्डु – अभिनेता तथा महानायक राजेश हमालले देशको शासन प्रणाली अन्दाज र परीक्षण (हिट एन्ड मिस) को भरमा सञ्चालन गरिनु उचित नहुने बताएका छन् । सामाजिक सञ्जाल फेसबूकमार्फत धारणा सार्वजनिक गर्दै हमालले कुनै पनि राष्ट्रको भविष्य संयोगमा नभई दूरदृष्टि, तथ्यमा आधारित निर्णय र दीर्घकालीन रणनीतिका आधारमा निर्माण हुनुपर्ने बताएका हुन् ।
