SHARE
मकालु खबर · बिहीबार ७ साउन २०८३ ०८:३५ AM · 1 मिनेट पढाइ

त्रिभुवन विश्वविद्यालयले मनायो ६७औँ वार्षिकोत्सव

काठमाडौँ  । मुलुकको सबैभन्दा पुरानो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयले आज आफ्नो ६७औँ वार्षिकोत्सव मनाएको छ । विश्वविद्यालय दिवसका अवसरमा कीर्तिपुरस्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा शिक्षा तथा खेलकुदमन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले झण्डोत्तोलन गरे । त्यस अवसरमा दीर्घ सेवा गरेका प्राध्यापक तथा कर्मचारीलाई दीर्घसेवा पदक प्रदान गरिएको थियो ।