SHARE
अन्नपूर्ण · सोमबार १६ भौ २०८२ १२:०३ AM · 1 मिनेट पढाइ

रुपन्देही-३ मा लेखजंग थापालाई उम्मेदवार बनाउने रास्वपाको निर्णय

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले रुपन्देही क्षेत्र-३ को उपनिर्वाचनमा लेखजंग थापालाई उम्मेदवार बनाउने भएको छ। प्री-इलेक्सन प्रक्रियामार्फत थापा उम्मेदवार बन्न सफल भएका हुन्।पार्टी कार्यालयमा आइतबार आयोजित कार्यक्रममा रास्वपाका कर्यवाहक सभापति डोलप्रसाद अर्यालले थापालाई उम्मेदवारको रूपमा घोषणा गरेका थिए। उम्मेदवार बन्ने घोषणापछि थापाले रुपन्देहीका जनता अहिले पनि परिवर्तनको भोको भएको बताएका छन्। उनले आफ्ना हजुरआमाको उदाहरण दिँदै रुपन्देहीका जनताले परिवर्तन खोजिरहेको बताए।