SHARE
अन्नपूर्ण · सोमबार १६ भौ २०८२ १२:०३ AM · 1 मिनेट पढाइ

सिन्धुलीमा खन्तीले हानेर छोराले गरे आफ्नै आमाको हत्या

सिन्धुली : सिन्धुलीमा आफ्नै छोराले आमाको हत्या गरेका छन्। घरायसी विवाद हुँदा सिन्धुलीको दुधौली नगरपालिका-१४ भौडी बस्ने ६५ वर्षीया फालकुमारी सुनुवारको हत्या गरिएको हो।उनलाई आइतबार छोरा वर्ष ४० का तुलाराज सुनुवारले फलामको खन्ती प्रहार गरेर फालकुमारीको हत्या गरेका हुन्। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता सुर्य प्रकाश सुवेदीका अनुसार तुलाराजले आमा फालकुमारीको टाउको र छातीमा खन्ती प्रहार गरेका थिए। उनको घटनास्थलमै मृत्यु भएको हो।