SHARE
अन्नपूर्ण · सोमबार १६ भौ २०८२ १२:०३ AM · 1 मिनेट पढाइ

३ करोडसम्मको ‘एनआईसी एशिया साथी घर कर्जा’ योजना सार्वजनिक

एनआईसी एशिया बैंकले ग्राहकहरूको आवश्यकतालाई हरसम्भव पूरा गर्नका लागि ३ करोड रुपैयाँसम्म घर कर्जा प्रदान गर्ने उद्देश्यअनुरुप ‘एनआईसी एशिया साथी घर कर्जा’ योजना सार्वजनिक गरेको छ। ‘सपना तपाईंको, साथ हाम्रो’ भन्ने नाराका साथ बैंकले सार्वजनिक गरेको यस घर कर्जा आकर्षक ब्याजदर एवं अन्य आकर्षक सेवा सहित उपलब्ध हुनेछ।