रोड टू आईपीओ कार्यक्रम सम्पन्न
काठमाडौं : एनआईएमबी एस क्यापिटल लिमिटेडले पायोनियर ल एशोसिएट्स र इक्रा नेपाल लिमिटेडसँगको सहकार्यमा काठमाडौंमा 'रोड टू आईपीओ' नामक कार्यशालामा आयोजना गरेको छ।कर्पोरेट संस्थाका सहभागीहरूलाई प्राथमिक सार्वजनिक निष्कासनको प्रक्रियामार्फत आफ्ना कम्पनीलाई सूचीकृत गर्नका लागि आवश्यक प्रक्रियागत जानकारी र रणनीतिक मार्गदर्शन प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको थियो।कार्यक्रमको उद्घाटन एनआइएमबि एस क्यापिटलका प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडेले गरे।
