चौथो खेलमा नेपाल ए आसामसँग पराजित
काठमाडौं : भारतको गुहाटीमा जारी आसामसँगको पाँच खेल सम्मेलित टी-२० सिरिजको चौथो खेलमा नेपाल ए आसाम क्रिकेट एशोसियसनसँग पराजित भएको छ। आसामले नेपाल एलाई १८ रनले हराएको हो। एसीए स्टेडियममा टस जितेर ब्याटिङ गरेको आसामले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७४ रन बनाएको थियो। आसामले दिएको १७५ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ए ले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५६ रन बनाएको हो। नेपाल एका लागि कप्तान अनिल कुमार शाहले सर्वाधिक ६७ रन बनाए। उनले ५० बलमा ७ चौका र २ छक्का प्रहार गरे।
