४ दिनदेखि हराइरहेका सिन्धुलीका थिङ मृत भेटिए
सिन्धुली : विगत चार दिनदेखि हराइरहेका सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ सातदोबाटो अँधेरीका ५६ वर्षीय बुद्धिमान थिङ (मुंग्रे)मृत भेटिएका छन्।घ्याङलेख गाउँपालिका–२ का वडाध्यक्ष रोशनकुमार भ्लोनका अनुसार थिङको आफ्नै घरबाट करिब २ सय मिटरमाथि रूखमा झुन्डिएको अवस्थामा शव फेला परेको हो।गत साउन २५ मा सोही स्थानमा स्थानीय सञ्चमाया वाइबाको रहस्यमय तरिकाले शव फेला परेको थियो। वाइबा आफ्नी दिदीको घरबाट २० हजार रुपैयाँ पैसा सापट लिएर घर फर्कँदै गर्दा हराएकी थिइन्।
