सडक अधुरो छाडेको भन्दै मन्त्रीकै कार्यक्रममा स्थानीयले झन्डै कुटे निर्माण व्यवसायी
झापा : तोकिएको समय अवधिभित्र जिल्लाकै बहुप्रतिक्षित सडक निर्माण नगरेको भन्दै आक्रोशित स्थानीयले कार्यक्रम स्थलमै निर्माण व्यवसायीलाई कुट्न खोजेका थिए।मेची राजमार्गको बागाडगी–सितागढी हुँदै बालुवाडी–हल्दीबारीमार्ग भएर बिर्तामोडसम्म जोड्ने अधुरो सडक निर्माणबारे आइतबार हल्दीबारी गाउँपालिका–४, मंगलबारेमा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी स्थानीयले मञ्चमा बसेका निर्माण व्यवसायीहरू दीपेन्द्र कार्की र केशव त्वानावासुलाई झन्डै हातपात गर्न खोजेका हुन्।
