SHARE
अन्नपूर्ण · सोमबार १६ भौ २०८२ १२:०३ AM · 1 मिनेट पढाइ

पानी ट्याङ्कीमा डुब्दा बालिकाको मृत्यु

सिन्धुली : सिन्धुलीको गोलन्जोर गाउँपालिका-६ अर्चलेमा पानी ट्याङ्कीमा डुब्दा बालिकाको मृत्यु भएको छ। आइतबार स्थानीय रविन रम्तेलको छोरी २ वर्षकी प्रिन्सिका रम्तेलको आफ्नै घरको आँगनमा रहेको पानी ट्यांकीमा डुबि मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता सुर्य प्रकाश सुवेदीका अनुसार बालिका खेल्ने क्रममा पानीमा डुबेकी थिइन्।