बीवाईडीको समर्थनमा एमक्यूबद्वारा प्रस्तुत ‘काठमाडौँ क्रोनिकल्स’ रोमाञ्च, संस्कृति र उत्सवसँगै सम्पन्न
१४ भदौ, काठमाडौं। एमक्यूबले बीवाईडीसँगको साझेदारीमा आयोजना गरेको ‘काठमाडौँ क्रोनिकल्स’ कार्यक्रम नक्सालस्थित मेरिएट काठमाडौँमा सम्पन्न भएको छ। कार्यक्रम संस्कृति, सहकार्य र अन्वेषणको जीवन्त उत्सवसँगै समापन गरिएको थियो। एमक्यूब नेपालको मौलिक कार्यक्रमका रूपमा मेरिएट काठमाडौँमा सम्पन्न भएको यस पहलले सम्मेलन हल बाहिर गएर नेपालकै जीवन्त सम्पदामाझ सम्बन्ध र साझेदारीको अवधारणालाई विस्तार गर्न सफल भयो।
