SHARE
लोक पथ · बुधबार ६ साउन २०८३ १०:२५ AM · 1 मिनेट पढाइ

हस्तकला विकास बोर्ड स्थापना गर्ने तयारी, प्रधानमन्त्रीसँग भेटेपछि के भन्छन् व्यवसायी ?

काठमाडौं । सरकारले हस्तकला क्षेत्रका समस्या समाधानका लागि हस्तकला विकास बोर्ड स्थापना गर्ने भएको छ । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले बुधबार नेपाल हस्तकला महासंघका पदाधिकारीसँग गरेको छलफलमा सरकार र निजी क्षेत्रको समन्वयमा बोर्ड गठन गर्ने प्रक्रियालाई अगाडी बढाउने सहमति भएको हो ।