SHARE
लोक पथ · बिहीबार २५ भौ २०८३ ०२:२६ PM · 1 मिनेट पढाइ

बालुवाटारको आकाश फुड्समा म्याद गुज्रिएको लड्डु र गन्ध आएको आलु भेटियो, ३ लाख जरिवाना

काठमाडौं । बालुवाटारस्थित आकाश फुड्समा बजार अनुगमनका क्रममा म्याद गुज्रिएको लड्डुदेखि गन्ध आएको आलुसम्म भेटिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन टोलीले म्याद नाघेका आठ बट्टा लड्डु र पानीपुरीमा प्रयोग हुने आलुको स्टफिङ अस्वाभाविक गन्ध आएको अवस्थामा फेला पारेको हो ।