SHARE
लोक पथ · बिहीबार २५ भौ २०८३ ११:१७ AM · 1 मिनेट पढाइ

अभिव्यक्ति विवादपछि कानुनमन्त्रीले मागिन् माफी

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय सभाबारे आफूले दिएको अभिव्यक्तिबारे माफी मागेकी छन् । राष्ट्रिय सभाको बिहीबारको बैठकमा मन्त्री गौतमले आफ्नो अभिव्यक्तिको स्पष्टिकरण दिँदै माफी मागेकी हुन् । उनले जेनजी स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा राष्ट्रिय सभामा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधित्व नभएको कारण कानून निर्माणमा समस्या भइरहेको अभिव्यक्ति दिएकी थिइन् ।