SHARE
लोक पथ · बिहीबार २५ भौ २०८३ ११:४५ AM · 1 मिनेट पढाइ

इनड्राइभद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७ करोड ५० लाख आर्थिक सहयोग

काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले सरकारी राहत कोषमा ७ करोड ५० लाख आर्थिक सहयोग उपलब्ध गराएको छ । गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम हस्तान्तरण गरिएको हो ।