नवनियुक्त उद्योगमन्त्री साहले लिए शपथ
काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपुर्तीमन्त्री दीपककुमार साहले पद तथा गोपनियताको शपथ लिएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले साहलाई मन्त्री नियुक्त गरेका हुन् । नवनियुक्त मन्त्री साहले अपरान्ह राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति पौडेल समक्ष पद तथा गोपनियताको शपथ लिएका हुन् ।
