SHARE
लोक पथ · शुक्रबार​ २६ भौ २०८३ ०२:२९ AM · 1 मिनेट पढाइ

गुडिरहेको ईभी कारमा आगलागी, कारभित्र जलेको अवस्थामा एउटा शव फेला

काठमाडौं । चितवनमा गुडिरहेको ईभी कारमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०३० च ५५७९ नम्बरको ईभी कारमा पूर्व–पश्चिम राजमार्गको सर्भिस लेनमा आगलागी भएको हो । भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै आज शुक्रबार बिहान ६ बजे यो घटना भएको हो ।