SHARE
लोक पथ · शनिबार २७ भौ २०८३ ०५:०४ AM · 1 मिनेट पढाइ

हामी सरकारलाई साथ दिन र मिलेर काम गर्न तयार छौँ, तर सरकार पनि सहकार्यका लागि तयार हुनुपर्छ : ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विपद्का बेला राज्यशक्तिको दुरुपयोग नगर्न सरकारलाई आग्रह गरेका छन् । बाढी प्रभावित नुवाकोट र रसुवामा राहत तथा उद्धारका लागि खटिन लागेको एमालेको सम्पर्क विशेष संगठन कमिटीको टोलीलाई बिदाइ तथा निर्देशन दिँदै ओलीले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका हुन् ।