SHARE
लोक पथ · शनिबार २७ भौ २०८३ ०७:११ AM · 1 मिनेट पढाइ

विद्युत् खुला पहुँचका लागि थप दुई निर्देशिकाको मस्यौदा सार्वजनिक

काठमाडौं । विद्युत् नियमन आयोगले विद्युत् प्रसारण तथा वितरण प्रणालीमा खुला पहुँच कार्यान्वयनका लागि थप दुई निर्देशिकाको मस्यौदा सार्वजनिक गरेको छ । आयोगले ‘मिटर जडान तथा सञ्चालनसम्बन्धी निर्देशिका, २०८३’ र ‘बिचलन फछ्र्यौट संयन्त्र तथा सम्बन्धित विषयसम्बन्धी निर्देशिका, २०८३’ को मस्यौदा सार्वजनिक गर्दै सरोकारवाला तथा सर्वसाधारणबाट राय, सुझाव र टिप्पणी मागेको हो ।