SHARE
लोक पथ · शनिबार २७ भौ २०८३ ०६:५८ AM · 1 मिनेट पढाइ

एक–चीन नीतिप्रति नेपालको प्रतिबद्धता कायमै राख्नुपर्छ : झलनाथ खनाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले नेपालले एक–चीन नीतिप्रति आफ्नो प्रतिबद्धता कायम राख्नुपर्ने बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै खनालले नेपालको भूमि चीन र उसका वैध सुरक्षा हितविरुद्ध हुने कुनै पनि गतिविधिका लागि प्रयोग हुन नदिनुपर्ने बताए ।