गैँडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते
नवलपरासी । नवलपरासी पूर्वको गैँडाकोट नगरपालिका–१२, हर्कपुरमा दुई वटा बस एकआपसमा ठोक्किँदा १८ जना घाइते भएका छन् । शनिबार बिहान करिब ६ः५० बजे पूर्व–पश्चिम राजमार्गअन्तर्गत हर्कपुरमा नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको लु।२ ख ६४५७ नम्बरको बसलाई सोही दिशातर्फ जाँदै गरेको लु।२ ख ६०३६ नम्बरको बसले पछाडिबाट ठक्कर दिएको थियो ।
