SHARE
लोक पथ · बुधबार ६ साउन २०८३ १०:३१ AM · 1 मिनेट पढाइ

शेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३ दशमलव ९५ अंकले घटेर दुई हजार ७१२ दशमलव ५४ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव १० अंकले घटेर ४७० दशमलव ३१ मा पुगेको छ ।