SHARE
लोक पथ · बुधबार ६ साउन २०८३ १०:४२ AM · 1 मिनेट पढाइ

गणेश नेपाली आत्मदाह प्रकरण : छानबिनका लागि न्यायिक समिति गठन

काठमाडौं । सरकारले आत्मदाहबाट मृत्युबरण गरेका गणेश नेपालीको घटनाबारे छानबिन गर्न न्यायिक समिति गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले उच्च अदालतका पूर्वन्यायाधीश केशवप्रसाद बास्तोलाको संयोजकत्वमा समिति गठन गरेको हो । समितिमा पूर्व–सहन्यायाधिवक्ता कृष्णमोहन कोइराला र पूर्व–सहसचिव रामुराज कडरिया सदस्य रहहेका छन् ।