विशेष अदालतको अध्यक्षमा न्यायाधीश आचार्य, यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु
काठमाडौं । विशेष अदालतको अध्यक्षको जिम्मेवारी न्यायाधीश वासुदेव आचार्यलाई दिइएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले हाल उच्च अदालत तुलसीपुरमा कार्यरत न्यायाधीश आचार्यलाई विशेष अदालतको अध्यक्षको जिम्मेवारी दिइएको हो । यसैगरी श्रम अदालतको अध्यक्षमा उच्च अदालत सुर्खेतका न्यायाधीश दीपेन्द्र अधिकारीलाई जिम्मेवारी तोक्ने निर्णय समेत भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
