SHARE
लोक पथ · बुधबार ६ साउन २०८३ ०५:२४ AM · 1 मिनेट पढाइ

बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले, ६ मन्त्रीको सामूहिक राजीनामा

हेटौँडा । बागमती प्रदेश सरकारमा सहभागी नेकपा (एमाले) का ६ जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले पार्टीका तर्फबाट सरकारमा सहभागी सबै मन्त्रीको सामूहिक राजीनामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएका हुन् ।