SHARE
लोक पथ · बुधबार ६ साउन २०८३ ०९:४४ AM · 1 मिनेट पढाइ

एआईबाट चन्द्र ढकालको नक्कली भिडियो बनाएर ठगी, साइबर ब्यूरोमा उजुरी

काठमाडौं । आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले एआई मार्फत् आफ्नो अन्तर्वार्ताको भिडियो बनाइ अफवाह फैलाइएको भन्दै कानुनी उपचार खोज्ने भएका छन् । उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष समेत रहेका व्यवसायी ढकालको अनुहार जस्तै देखिने गरी कृतिम बौद्धिकता (एआई) प्रयोग गरी लगानीबारे प्रचार गरिएको थियो ।