SHARE
लोक पथ · बुधबार ६ साउन २०८३ ०९:१० AM · 1 मिनेट पढाइ

सशस्त्रका दुई गणपति मुख्यालय तानिए, विगतमा पनि तानिएका थिए यी गणपति

काठमाडौं । सशस्त्र प्रहरी मुख्यालयले सीमा नाकाबाट हुने तस्करी रोक्न नसकेको आरोपमा नम्बर १ बाहिनीअन्तर्गतको दुई वटा गणका गणपतिलाई मुख्यालयमा तानेको छ । मुख्यालयमा तानेर अनुसन्धान गरिएका गणपतिहरूमा झापाका अम्बिकाप्रसाद जोशी र सुनसरीका श्यामकुमार कार्की छन् ।