अन्नपूर्ण पदमार्गमा बढ्यो लेकको जोखिम, एक वर्षमा २५ जनाको मृत्यु
गण्डकी । अन्नपूर्ण पदमार्गमा आर्थिक वर्ष २०८२/८३ का क्रममा लेक लागेर २५ जना पर्यटकको मृत्यु भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का अनुसार यो अवधिमा १२ जना नेपाली, नौ जना भारतीय तथा जापान, मेक्सिको, स्पेन र सिङ्गापुरका एक–एक जना पर्यटकले ज्यान गुमाएका हुन् ।
