SHARE
लोक पथ · बुधबार ६ साउन २०८३ ०७:५७ AM · 1 मिनेट पढाइ

टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी

काठमाडौं । काठमाडौं महानगरपालिकाले टेकुमा निर्माणाधीन आधुनिक फोहोर स्थानान्तरण (ट्रान्सफर स्टेसन) केन्द्रलाई मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी गरेको छ । महानगरले निर्माण कार्य निर्धारित समयभन्दा अघि नै सम्पन्न गरी केन्द्र सञ्चालनमा ल्याउने लक्ष्य लिएको जनाएको छ ।