नेपालमा ह्वावेको ‘फ्युजनसोलार ९.०’ र ऊर्जा भण्डारण प्रविधि सार्वजनिक
काठमाडौं । ह्वावेले नेपालमा स्वच्छ ऊर्जा उत्पादन र विद्युत् व्यवस्थापनलाई थप प्रभावकारी बनाउन दुई नयाँ ऊर्जा प्रविधि सार्वजनिक गरेको छ । काठमाडौंमा आयोजित कार्यक्रममा कम्पनीले ‘फ्युजनसोलार ९.०’ र ‘लुटेरा युटिलिटी ग्रिड फर्मिङ’ नामका प्रविधिको औपचारिक शुभारम्भ गरेको हो । कार्यक्रमको उद्घाटन नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे र ह्वावेका अधिकारीहरूले संयुक्त रूपमा गरेका थिए ।
