SHARE
लोक पथ · बुधबार ६ साउन २०८३ ०५:५१ AM · 1 मिनेट पढाइ

 एकैदिन ५४  सयले बढ्यो सुनको मूल्य,  चाँदी पनि बढ्यो 

काठमाडौं ।  नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज  छापावाल  सुन प्रतितोला ५ हजार ४ सय रुपैयाँले बढेको हो ।   हिजो  दुई लाख ८५ हजार ६०० मा कारोबार भएको सुनको मूल्य आज ५ हजार ४ सय रुपैयाँले  बढेर २ लाख ९१ हजारमा कारोबार भइरहेको छ ।