SHARE
लोक पथ · आइबार​ १५ भौ २०८२ ०९:०३ AM · 1 मिनेट पढाइ

कृषिमन्त्रीको दाबी– ‘अबकाे दश दिनमा मल पाइन्छ’

कपिलवस्तु । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले भारतबाट १० दिनभित्र युरिया मल सहज रूपमा उपलब्ध हुने बताएका छन् ।  चन्द्रौटामा आज आयोजित एक कार्यक्रममा उनले कोलकाताबाट आयात गरिएको मल सातादशदिनमा आइपुग्ने र किसानले सहज रूपमा पाउने बताए । अब मलको हाहाकार नहुने बताउँदै उनले किसानलाई आश्वस्त पारे ।